शनिबार, मंसिर ६, २०८२

रोमासँग बराबरीमा रोकियो युभेन्टस, मिलानलाई सफलता

शीर्ष डिभिजनको सिरी ए अन्तर्गत युभेन्टसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट रोमाले बराबरी गरेको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- प्रशिक्षक होसे माउरिन्होलाई भित्र्याएपछि टिम बिल्डिङमा लागेको इटालियन क्लब रोमाले शनिबार राति युभेन्टससँग बराबरी खेलेको छ। शीर्ष डिभिजनको सिरी ए अन्तर्गत युभेन्टसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट रोमाले बराबरी गरेको हो।

National life

युभेन्टसका लागि दोस्रो मिनेटमै डुसन भ्लाहोविचले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले पछि परे पनि रोमाका ट्यामी अब्राहमले खेलको ६९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

शनिबार राति नै सान सिरो रंगशालामा भएको खेलमा एसी मिलानले बोलोग्नाविरुद्ध २–० को जित निकालेको छ। रोफेल लियो र ओलिभिए जिरुले गोल गरेपछि मिलानले जित निकालेको हो।

यो जितसँगै सात अंक बनाएको मिलान शीर्षस्थानमा छ भने रोमा पनि शीर्ष चारमा रहेको छ। युभेन्टस भने पाँच अंकका साथ सातौं स्थानमा छ।

प्रकाशित: Aug 28, 2022| 08:45 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।