शनिबार, मंसिर ६, २०८२

बराबरीमा रोकियो बायर्न, डर्टमन्डको संघर्षपूर्ण जित

शनिबार राति बायर्नकै मैदानमा सम्पन्न खेलमा बायर्न पाहुना टिम मोन्छेनग्लाडबाखसँग १–१ को बराबरीमा रोकिएको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- जर्मन शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगाको उपाधि दाबेदार बायर्न म्युनिख बराबरीमा रोकिएको छ। शनिबार राति बायर्नकै मैदानमा सम्पन्न खेलमा बायर्न पाहुना टिम मोन्छेनग्लाडबाखसँग १–१ को बराबरीमा रोकिएको हो।

National life

खेलको पहिलो हाफमा मार्कस थुरमले गोल गर्दै ग्लाडबाखलाई अग्रता दिलाएका थिए। तर निर्धारित समयको सात मिनेट बाँकी रहँदा बायर्नका लिरोय सानेले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका थिए।

शनिबार रातिकै खेलमा भने बोरुसिया डर्टमन्डले हेर्था बर्लिनलाई उसकै मैदानमा हराएको छ। एन्थोनी मोडेस्टले खेलको ३२औं मिनेटमा गोल गरेपछि बनाएको अग्रता जोगाउँदै डर्टमन्डले जित निकालेको हो।

यो जितसँगै चार खेलबाट ९ अंक बनाएको डर्टमन्ड पाँचौ स्थानमा छ भने १० अंक भएको बायर्न तालिकाको शीर्षस्थानमा छ। चार खेलमा दुई हार बेहोरिसकेको ग्लाडबाल छैटौं स्थानभन्दा माथि पुग्न सकेको छैन।

हेर्था बर्लिन भने रेलिगेसन जोनमा संघर्ष गरिरहेको छ। गए रातिनै सम्पन्न भएको खेलमा होफेनहामइम र लिभरकुसनले पनि जित निकालेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 28, 2022| 08:25 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।