शनिबार, मंसिर ६, २०८२

प्रिमियर लिगमा ठूला क्लबहरूको जित

लिगकौ चौथो हप्तान्तका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलले जित निकालेका हुन्।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- प्रिमियर लिगमा ठूला मानिएका क्लबहरुले शनिबार राति जित निकालेका छन्। लिगकौ चौथो हप्तान्तका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलले जित निकालेका हुन्।

National life

साउथह्याम्टनको मैदानमा भएको खेलमा पाहुना टिम म्यानचेस्टर युनाइटेडले १–० को जित निकाल्यो। युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले गोल गरे।

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको घरेलु टिमले लेस्टर सिटीमाथि २–१ को जित निकालेको हो। चेल्सीलाई जित दिलाउनका लागि रहिम स्टार्लिङले दुई गोल गरेका थिए।

खेलको २८औं मिनेटमै रातो कार्ड पाएपछि चेल्सीका कोनोर गल्लाघरले मैदान छाड्नु परेको थियो।

घरेलु मैदानमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले क्रिस्टर प्यालेसमाथि ४–२ को जित निकालेको छ। हाल्यान्डले ह्याट्रिक गरेको खेलमा सिटीका लागि बर्नान्डो सिल्वाले पनि गोल गरेका थिए। उनले गोल गरेसँगै सिटीले जित निकालेको हो।

Laxmi sunrise bank
kumari

तर जोन स्टोन्सले खेलको चौथो मिनेटमै गोल गरेपछि भने क्रिस्टलले अग्रता बनाएको थियो। त्यसलाई जोआचिम एन्डरसनले २१औं मिनेटमा दोब्बर बनाएका थिए। तर सिटीले दोस्रो हाफमा चार गोल गर्दै नतिजालाई आफनो पोल्टामा पारेको हो।

शनिबार रातिको अर्को खेलमा आर्सनलले फुलह्यामलाई २–१ ले हराएको छ। आर्सनलका लागि मार्टिन ओडेगार्ड र ग्याब्रियल मगाहल्सले गोल गरेका थिए।

यता प्रिमियर लिगको इतिहासमा सबैभन्दा ठूलो गोलअन्तर भएका प्रतिखेल ९–० को हो। सोहि अन्तरमा शनिबार राति लिभरपुलले बर्नेमाउथमाथि जित निकालेको छ।

प्रकाशित: Aug 28, 2022| 08:10 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।