आइतबार, कात्तिक ९, २०८२

मदन पुरस्कार लम्सालको महाकाव्य 'अग्नि'लाई

यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

काठमाडौं– यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ। मदन पुरस्कार गुठीले शनिबार लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।

Kumaribank

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यस वर्षको जगदम्बाश्री पुरस्कार भने दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको छ। श्रेष्ठ बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक हुन्।

२०७८ सालमा प्रकाशित गुठीलाई प्राप्त २९९ वटा पुस्तकबाट ८ वटा मदन पुरस्कारका लागि छनो भएका थिए। नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सतीः इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ छनोटमा परेका थिए।

प्रकाशित: Aug 27, 2022| 19:15 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।