आइतबार, कात्तिक ९, २०८२

हतकडीसहित फरार युवकको घरबाट ४७ किलो गाँजा बरामद

कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ।
 |  शनिबार, भदौ ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ११, २०७९

धनगढी-  कैलालीमा हतकडीसहित भागेका व्यक्तीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको छ। 

Kumaribank

शुक्रबार कैलालीमा जोशीपुर गाउँपालिका-४ वाणी बस्ने शम्भु चौधरीका छोरा २८ वर्षीय शंकर चौधरीको घरबाट गाँजा बरामद गरिएको हो।

शंकरलाई शुक्रबार नै प्रहरीले कुटपिटको आरोपमा पक्राउ गरेको थियो। उनले आफ्नै पितामाथि कुटपपिट गरेको उजुरी परेपछि प्रहरीले उनलाई घरबाटै समातेको थियो।

इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।

फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर-४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार शंकर लागूऔषध सेवन गर्ने जानकारी पाएपछि प्रहरीले उनको घरमा खोजी गर्दा ४७ किलो गाँजा भेटिएको छ।

Metro Mart

प्रकाशित: Aug 27, 2022| 08:43 शनिबार, भदौ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।