सोमबार, फागुन १८, २०८२

केन्यासँग नेपालले व्यहोर्‍यो १८ रनको हार‍

पहिले ब्याटिङ गरेको केन्याले पूरा ओभर खेल्दै ९ विकेट गुभाएर १३२ रन बनाएको थियो। जवाफमा नेपालले १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाएपछि केन्याले १८ रनको जित निकालेको हो। दोस्रो खेलसँगै सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपालले हार व्यहोरेको छ। केन्यामा जारी सिरिजको पहिलो खेलमा जित निकाले पनि दोस्रो खेलमा नेपालले १८ रनको हार बेहोरेको हो।

पहिले ब्याटिङ गरेको केन्याले पूरा ओभर खेल्दै ९ विकेट गुभाएर १३२ रन बनाएको थियो। जवाफमा नेपालले १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाएपछि केन्याले १८ रनको जित निकालेको हो। दोस्रो खेलसँगै सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ।

केन्यामा जारी दोस्रो टी-२० खेलमा नेपालले हार बेहोरेको छ। केन्याको घरेलु मैदानमा भएको खेलदमा नेपालले हार बेहोरेको हो।खेपालविरुद्ध केन्याका इरफान करिमले २२ रन बनाएका थिए भने राकदिप पटेलले सर्वाधिक ३५ रनको योगदान दिएका थिए।

त्यस्तै, नेहेमिह ओधियम्बोले २० बलमै २९ रन बनाएपछि केन्याले पुरा ओभर खेल्दै नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।

त्यसक्रममा नेपालका दिपेन्द्र सिह ऐरी र सन्दिप लामिछानेले समान ३–३ विकेट गिराएका थिए। त्यस्तै करण केसीले दुई र पवन सर्राफले पनि एक विकेट लिए।

kumari

जवाफमा नेपालले खासै राम्रो ओपनिङ गर्न सकेन। आसिफ शेख पाँच रनमै आउट भए भने ज्ञानेन्द्र मल्लले पनि एक रनबाहेक जोड्न सकेनन्। त्यस्तै पवन सर्राफले चाहिँ १९ रन बनाएका थिए।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा आदिल अन्सारीले २० रनको योगदान दिए। नेपालको ब्याटिङमा केन्याका इम्यानुएल बुन्डी, लुकास ओलुओच र व्रज पटेलले समान २–२ विकेट लिएका थिए।

प्रकाशित: Aug 26, 2022| 20:06 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।