शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बेन्जेमाले जिते यूइएफए बेस्ट प्लेयर, एन्सेलोटी उत्कृष्ट प्रशिक्षक

बेन्जेमाले जिते यूइएफए बेस्ट प्लेयर, एन्सेलोटी उत्कृष्ट प्रशिक्षक

रियल मड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमाले वर्ष २०२१/२२ को युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- रियल मड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमाले वर्ष २०२१/२२ को युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्। बिहीबार राति स्तानबुलमा सन् २०२२/२३ को च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गर्ने क्रममा उनलाई यो अवार्ड बाट सम्मानित गरिएको हो। 

National life

गत सिजन रियल म्याड्रिडलाई आफ्नो नेतृत्वमा युइएफए च्याम्पियन्स लिग जिताउन ठूलो भूमिका निभाएका उनले फ्रान्सलाई युइएफए नेसन्स लिग पनि जिताएका थिए। ३४ वर्षीय बेन्जेमाले आफ्नै क्लबका सहकर्मी थिबाउट कोउट्रा र म्यानचेस्टर सिटीका केभिन डे ब्रुइनालाई पछाडि पार्दै यो अवार्ड जितेका हुन्।

अवार्ड जित्दै बेन्जेमाले भने, ʽम साँच्चै खुशी छु, मैले यो ट्रफी पहिलो पटक जितेको हो।  तर मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टिमसँग उपाधि जित्नु हो।ʼ 

रियल मड्रिडलाई १४औं यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताएका एन्सोलोटीले युर्गेन क्लोप र जोसेप गार्डियोलालाई पछि पार्दै २०२१र२२ को यूईएफए पुरुष प्रशिक्षकको अवार्ड जितेका छन्।

प्रकाशित: Aug 26, 2022| 14:13 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।