आइतबार, कात्तिक ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्‍चिम प्रदेशमा निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्‍चिम प्रदेशमा निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ।

Kumaribank

प्रदेशसभाको आजको बैठकले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले दफाबार छलफलका लागि उक्त विधेयकलाई अर्थ, विकास तथा प्राकृति स्रोत समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो। 

बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफाबार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। निजामती सेवाको गठनसम्बन्धी यो विधेयक विसं २०७८ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो। 

सभामुख अर्जुनबहादुर थापाले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकसँग प्रदेशको निजामती सेवासम्बन्धी विधेयक बाझिएको हकमा यो विधेयकलाई संशोधन गर्न सकिने हुँदा दर्ता भएको विधेयकको बाँकी प्रक्रिया अघि बढाइएको बताए। 'पछि विधेयक ल्याउनुभन्दा संशोधनमा जानु सजिलो देखिएकाले यो विधेयक अघि बढाइएको हो,' सभामुख थापाले भने, 'संघीय निजामती कानुनसँग बाझिएको हकमा प्रदेशको निजामती कानून पनि संशोधन गर्न सकिन्छ।'

प्रकाशित: Aug 25, 2022| 23:15 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।