सोमबार, वैशाख २४, २०८१

अहिलेसम्म के-के भयो नवौं राष्ट्रिय खेलकुदको तयारी?

११ टिम सहभागी बन्‍‍ने प्रतियोगितामा समान ३९३ स्वर्ण र रजत पदमा स्पर्धा हुनेछ भने कुन ६०० काश्य बाँडिनेछन्। प्रतियोगिताको लागि रातो खातामा १० लाख बजेट राखिएको भए पनि ६० करोड निकासा गर्न सरकार तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिए।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद आउन ५० दिन बाँकी छ। प्रतियोगिताको ५० दिनअघि पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपले यसबारे जानकारी दिएको छ। ‘देश नवौं राष्ट्रिय खेलकुदमा होमिसकेको छ। मिति सर्ने त होइन भन्‍ने शंका थियो। सर्दैन भनेको थिएँ। तर अब सबै आयोजनाको तयारी भइसकेको छ,’ पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने, ‘यहाँसम्म आइपुग्दा अब नसर्ने गरी तयारी भइसकेको छ र यसका मूलभुत पक्षका काम अघि बढिसकेका छन्।’

triton college

राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुदमा ७०९ खेलाडीको सहभागीता रहने बताएको हो। सबै टिमबाट गरेर ३३५ जना महिला र ३७४ जना पुरुष खेलाडी प्रतियोगितामा सहभागी हुने राखेपले जानकारी दिएको हो।

११ टिम सहभागी बन्‍‍ने प्रतियोगितामा समान ३९३ स्वर्ण र रजत पदमा स्पर्धा हुनेछ भने कुन ६०० काश्य बाँडिनेछन्। प्रतियोगिताको लागि रातो खातामा १० लाख बजेट राखिएको भए पनि ६० करोड निकासा गर्न सरकार तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘अनि ६० करोडको बजेट सरकारले यो वर्षको आर्थिक वर्षको राताको किताबमा समावेश गरिएको थियो। रातो कितामा १० लाख थियो अनि १० लाखमा कसरी प्रतियोगिता गर्ने भन्‍ने प्रश्न निकै पेचिलो थियो। तर अर्थमन्त्रीले सदनमा नै आवश्यक बजेट विनियोजन गर्ने भन्‍नुभएको थियो। बजेट शीर्षकमा १० लाख भए पनि ६० करोड नै थियो।’

सदस्य सचिवका अनुसार सरकारलाई तीन चरणमा बजेटको माग गरिएको छ। पहिलो चरणमा १० करोड, दोस्रोमा २३ करोड र बाँकी रकम तेस्रो चरणमा प्राप्त हुनेछ। पहिलो चरणमा माग गरिएको १० करोड प्रतियोगिता आयोजनाका लागि राखेपको तर्फबाट सहभागीता जानाउनेका लागि पैसा वितरण भइसकेको छ।

corrent noodles
Metro Mart

१० करोडको आ-आफ्नो भाग सबै प्रदेश र विभागमा पुगिसकेको सदस्य सचिव घिसिङले जानकारी दिएका छन्। राखेपले प्रतियोगिता दसैंअघि नै गर्न सकिन्छ कि भनेर त्यसअनुसार योजना बनाएको पनि बताए। तर मिति तय हुनुअघि घिसिङले मौसम विभागसँग छलफल गरेपछि असोजको १४ गतेसम्म मनसुन सक्रिय हुने जानकारी विभागले दिएको थियो।

‘मौसम सकिने र दसैं सुरु हुने एकैपटक भयो। त्यसले खेलकुद दसैंपछि पुर्‍यायो,’ उनले भने, ‘अब निर्वाचनको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गरेको हो। निर्वाचन आयोगले पनि कार्यक्रम नजुध्‍ने गरि राखिएको छ। नवौंमा दुई कुरा – सहभागिता र आयोजनामा हामीले ध्यान दिएको हो।’

आठौँ राष्ट्रिय खेलकुदमा राखेप आफैंले खेलाडी छनोट गरेका थियो। तर अहिले प्रदेशले नै खेलाडीहरुको छनोट र अभ्यास गराएका छन्। संघीयताका आधारमा प्रदेशहरु आफैंले खेलाडी सहभागी गराउने भएका छन्। त्यस्तै, विभागले त सधैँ आफैं  छनोटदेखि अभ्याससम्म गराइरहेको छ।

यो वर्ष राखेपले १० लाखको ट्रफी बनाउने भएको छ। त्यसको निमार्ण कार्य अघि बढिरहेको राखेपले जानकारी दिएको हो। त्यस्तै, यो वर्षबाट प्रतियोगिताको रेकर्ड डिजिटल रुपमा राख्‍ने आयोजकले बताएको छ। ‘अहिले अलि सजिलो बनाउँ भन्‍ने लागेको छ। प्राविधिक रुपमा डेटा राख्नका लागि ९० प्रतिशतभन्दा धेरै काम भइसकेको छ। हाम्रो साइट वृद्धि गर्ने भन्‍ने पनि योजना रहेको छ,’ सदस्य सचिवले भने, ‘हामीले सबै खेलाडीको दर्ता सबै प्रदेशबाट सजिलै रुपमा गर्ने गरी मिलाएका छौं। अब ११ टिमबाटै खेलाडीको रजिस्टर्ड हुनेछ।’

आठौँ खेलकुदमा पाँच हजारको सहभागिता भएको थियो भने अहिले आठ हजार मानिसले खेलकुदमा सहभागिता जानाउने राखेपको अनुमान छ। त्यस्तै, पहिलो संस्करणमा एक हजार जना सहभागी भएर प्रतियोगिता सम्पन्न भएको थियो। राष्ट्रिय खेलकुदअघि राखेपले खेलाडीका लागि ४० दिनको अभ्यास गराएको थियो। तर अहिले विभिन्‍न विभाग र प्रदेशबाट खेलाडी रिलिज गर्न माग आएपछि राखेपले उनीहरुलाई छोडेको हो।

‘खासगरी राष्ट्रिय टिममा भएका खेलाडी विभागका प्रमुख र प्रदेशका सदस्य सचिवलाई बोलाएर यो कुरा भनेको पनि थिएँ। उहाँहरुले खलाडी माग्‍नुभएको थियो,’ उनले भने। अब राष्ट्रिय खेलकुद आउँदो एसियाली खेलकुदको आधार भएको पनि सदस्य सचिवले बताएका छन्।

राष्ट्रिय खेलकुदमा सबैजसो खेल असोजको २८ गतेबाट कात्तिकको ३ गतेसम्म हुने भए पनि क्रिकेटको खेल भने अघि नै हुने भएको छ। जहाँ क्रिकेटको खेल भने असोजको २२ देखि २८ गतेसम्म मुलपानी र त्रिवी मैदानमा आयोजना हुने भएको छ।

एनआरएनको जित्‍ने खेलाडीले एसियाली खेलकुल खेल्न पाउँछ कि पाउँदैन भन्‍ने प्रश्नमा सदस्य सचिवले यकिन जवाफ भने दिएनन्। उनले यो कुरा सदनमा पनि बहस भइरहेको कारण त्यसपछि मात्र जवाफ दिने बताएका छन्।

अहिले गण्डकी प्रदेशले प्रतियोगिताको आयोजना गरिरहेको छ। तर राष्ट्रिय खेलकुदको माहोल गण्डकीमा भन्दा पनि काठमाडौंमा धेरै देखिएको छ। र, धेरै जसो काम काठमाडौंबाट नै सम्पादन भइरहेका छन्। 

त्यहाँ के भइरकेको छ त? घिसिङको जवाफ छ, ‘पोखरामा खेलस्थल अनुगमन गर्ने कुरा धेरै मात्रामा भइरहेको नै छ। अझै धेरै चलहपलह हुँदैछन्। पोखरामै कार्यसम्पदन गर्ने सोचेका छौं। सार्वजनिक यातायात हरुलाई पनि खेलस्थल पारेर रुट बनाउका लागि पत्राचार गरेका छौं।’

त्यस्तै, राखेपकाले ट्याक्सीलाई रेट नबढाउन अनुरोध गरेको जानकारी दिएको छ। पर्यटनको धेरै पैसा लिने ठाउँमा राखेपका एक्रिडिएनस कार्ड भएकाहरुलाई अधिकतम छुट हुने भएको छ। तर,सबै खेल गण्डकीमा गर्न सकिने हो वा होइन भन्‍ने विषयमा अझैसम्म टुंगो लाग्‍न सकेको छैन। त्यसको निर्णय आगामी १५ गते मात्र हुने राखेपले जानकारी दिएको छ। 

त्यसैको अध्यययन गर्नका लागि काठमाडौंबाट एउटा टोली पोखरा गएको छ। ‘सबैजसो खेलका सम्भावना पोखरामै हुनेछ। पौडी पनि त्यहाँ नै हुनेछ, सर्ट कोर्सको। पोखरामा गर्नका लागि उनीहरुलाई उत्साह हुने भएकाले यहाँ राम्रो हुँदाहुँदै पनि त्यहाँ नै गरिएको हो,’ घिसिङले भने।


प्रकाशित: Aug 25, 2022| 21:05 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।