सोमबार, फागुन १८, २०८२

किक बक्सिङमा सहभागी सबै नेपाली खेलाडीले जिते स्वर्ण

टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठले नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेको जानकारी दिएका हुन्।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- भूटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण प्राप्त गरेको छ। टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठले नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेको जानकारी दिएका हुन्। 

उनका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। उनले सम्पूर्ण महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पार्न सफल भएकी छन्।

भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुषतर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत जिते। यसैगरी ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफीसमेत जिते।

६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घलेले पनि स्वर्ण जितेका छन्। 

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेसन र इन्टरनेसनल स्पोर्टस् गेम्स फेडेरेसनको संयुक्त आयोजनामा भएको थियो। 

kumari

यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथिको बनाएको थियो। प्रशिक्षकमा जगत धामी र टिम व्यवस्थापकमा कसीकुमारी क्षत्री पनि टोलीसँग भूटान गएका थिए। 

प्रकाशित: Aug 25, 2022| 20:51 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।