शनिबार, मंसिर ६, २०८२

पहिलो टी–२० मा नेपाल पाँच विकेटले विजयी

केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- जिमखाना क्लब मैदानमा जारी नेपाल र केन्याबीचको टी-२० सिरिजअन्गर्तको पहिलो खेलमा नेपालले जित निकालेको छ। केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।

National life

जवाफमा नेपालले चार बल बाँकी रहँदौ पाँच विकेट गुमाएर ११३ रन बनाउँदै लक्ष्य पुरा गरेको हो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले पनि २४ रनको योगदान दिए। केन्याविरुद्ध नेपाका पवन सर्राफ एक रनमै आउट भए भने आसिफ शेखले २३ रनको योगदान दिए। तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल १९ रनमा आउट हुँदा रोहित पौडडेलले आफ्नो नाममा १३ रन जोडे।

नेपालविरुद्ध केन्याका व्रज पटेल र लुकास आलुओचले समान दुई-दुई विकेट लिए भने नेहेमिय आहिअम्बोले एक विकेट लिए। केन्याका ओपनर अलेक्स ओबान्डाले ६ रन बनाए भने कोलिन्स आबुयाले १२ रनको योगदान दिए। त्यस्तै, इरफान करिमले ४४ बलमा ३४ रन बनाउँदा लेल्सन ओडिअम्बोले १९ रनको योगदान दिए। सचिन बुधिया र लुकास ओलिओचले ३१ रन बनाए।

त्यसक्रममा नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट गिराउँदा सन्दिप लामिछानेले दुई विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी र आदिल अन्सारीले समान १–१ विकेट लिएका थिए।

प्रकाशित: Aug 25, 2022| 19:32 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।