बुधबार, जेठ २७, २०८३

बाबुरामको पार्टीमा मनोनीत भए ९८ केन्द्रीय सदस्य

महिन्द्र राय यादवको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बन्यो
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिए। 

National life

उक्त पार्टीले यादव संयोजक र सह–अध्यक्ष गंगा श्रेष्ठ सह–संयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्ज र विभागीय प्रमुख रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो। ४ मंसिरमा हुने निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक साह, इन्जिनियर नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र समिति बनाइएको छ। 

बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ भने ९३ सदस्यीय राजनीतिक समिति गठन गरिएको छ। पार्टीले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनीत गरेको छ। यसअघिका सहअध्यक्ष दानबहादुर चौधरी एमाले प्रवेश गरेका छन्। 

यस्तै, केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ । ४ मंसिरको निर्वाचनलाई लक्षित गरी सबै प्रदेशमा एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बैठकको निर्णय छ।

प्रकाशित: Aug 25, 2022| 17:17 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...