सोमबार, वैशाख २४, २०८१

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी घोषणा

ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले आसन्न भलिबल संघको चुनावका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदमा आफ्नो उम्मेद्वारी रहने जानकारी दिएका हुन्।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले आसन्न भलिबल संघको चुनावका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदमा आफ्नो उम्मेद्वारी रहने जानकारी दिएका हुन्।

triton college

भलिबल संघको अधिवेशन यही भदौ २२ गते हुँदैछ। पत्रकार सम्मेलनमा एकजनामात्र उपस्थित भएर उनले प्रेससामु आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्। उनले एक पद, एक मैदान, एक रेफ्री एक प्रतियोगिता एक कोच र एक टिमको नाराका साथ उम्मेद्वारी दिएका छन्।

उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै भनेका छन्, ‘म ५४ वर्षको भएको छु। भलिबलका सारा अनुभव मसँग रहेको छ। मैले महासचिवका लागि दाबी गरेको छु। यसका लागि सबैले आआफ्नो ठाउँबाट सहयोगको अपेक्षा गरेको छु।’

उनले ग्रासरुटदेखि सिनियर टिमसँग भलिबलको विकासलाई अघि बढाउँदै लाने भन्ने विषय अघि लिएर उम्मेद्वारी दिएको बताएका छन्। उनले अरुले नचाहिँदो आरोप लगाएको भन्दै आफूले राम्रो कम गरेको दाबी पनि गरेका छन्।

‘भलिबल संघमा अध्यक्ष, कोषाध्यक्ष वा महासचिव हुने हो भने यसमा होलटाइमर हुनुपर्छ भन्ने लागेको छ। संघलाई २४ सै घण्टा भलिबलमा लाग्ने मानिस चाहिएको हो। त्यसैले यो पद मलाई दिनुपर्छ भन्ने मेरो दाबी छ,’ उनले भने, ‘म पद खाने र भोजभतेरको लागि आएको होइन। मलाई आरोप लगाउने गरेका छन्। तर मैले भलिबलका रेफ्री, कोच, खेलाडीका लागि नै गरेको छु।’

corrent noodles
Metro Mart

उनले आफूले चुनाव जित्ने आधार पनि प्रष्ट रहेको बताएका छन्। ‘चुनावका लागि भोट चाहिन्छ। मसँग ७७ जिल्लाका सबैको नम्बर मसँग छ। सबैले मलाई भोट दिन्छु भनेका छन्। भोट आउँछ भन्ने लागेको छ,’ उनले भने, ‘सबैलाई सहयोग गरेको छु। अनुभव पनि छ। सँगै खेलेका साथीहरु आउँछन्। मैले रिक्वेस्ट गरेको छु।’

भलिबलमा २०६१ सालबाट लिग सुरु गर्दा सहयोग गरेका छन्त्याल ६९ सालमा बाग्लुङबाट सदस्य पदमा भएका थिए। त्यस्तै उनी ०७३ सालको चुनावमा सचिव पदमा निर्वाचित भएका थिए।

प्रकाशित: Aug 25, 2022| 15:14 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।