बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेलाई गल्ती–कमजोरी लिएर जनतामाझ जान नेता भुसालको लिखित प्रस्ताव

एमालेलाई गल्ती–कमजोरी लिएर जनतामाझ जान नेता भुसालको लिखित प्रस्ताव

पार्टीभित्र सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको नेता भुसालको गुनासो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा नेता घनश्याम भुसालले लिखित प्रस्ताव राख्दै पार्टी गल्ती–कमजोरी लिएर जनतामाझ जानुपर्ने बताएका छन्। वाम आन्दोलन विभाजनमा पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको माग छ।

National life

‘हाम्रो कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित जनताकहाँ जाँदा ठूलो समर्थन दिनेछन्,’ भुसालले भनेका छन्, ‘अब हामीले गल्ती गर्दैनौं भनेर जनताका बीच जानैपर्छ। जनताका बीचमा जाने त्यस्तो कार्यक्रमलाई मैले क्षमा सप्ताह भनेको छु,’ भुसालले लिखित प्रस्तावमा उल्लेख गरेका छन्।

पार्टीमा सुदृढीकरणको एजेन्डा उठाउँदा अनावश्यक रूपमा विवादित बनाउने प्रयत्न भएको भुसालको गुनासो छ। पार्टीभित्र सुधारका कुरा उठाउँदा अनुशासन आयोगको नाममा आफूलाई विवादमा तान्ने प्रयत्न भएको उनले दाबी गरे।

भुसालले एमाले नेतृत्वमा वाममोर्चा बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने मत राखेका छन्। एमाले नेतृत्वमा वाममोर्चा बने १५० सिट जित्न सकिने दाबी उनको छ।

प्रकाशित: Aug 25, 2022| 14:42 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...