सोमबार, फागुन १८, २०८२

नेपाल आइपुग्यो भुटानको महिला साफ टिम

भुटानको राष्ट्रिय महिला सिनीयर टिम बिहीबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- काठमाडौंमा अगामी भदौ २५ गतेबाट सुरु हुने साफ च्याम्पियनसिप खेल्ने भुटानको टिम नेपाल आइपुगेको छ। भुटानको राष्ट्रिय महिला सिनीयर टिम बिहीबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो।

प्रतियोगिताको लागि भुटानको टिम दुई हप्ताअघि नै नेपाल आइपुगेको हो। दुई महिना अघि बंगलादेशमा सम्पन्न भएको साफको बैठकले प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपाललाई दिएको थियो। त्यसै अनुसार नेपालले भदौ २५ गतेबाट खेल सुरु गर्दैछ। साफकै लागि नेपाली महिला टिम निरन्तर अभ्यास गरिरहेको छ।

यसअघि नेपालकै विराटनगरमा भएको साफमा भुटानको टिमले होटेलको व्यवस्थापन राम्रो नभएको भन्दै नेपालको आलोचनासमेत गरेको थियो। तर त्यसकै अर्को संस्करणमा भने भुटान दुई हप्ताअघि नै आयोजना स्थलमा आइपुगेको छ।

प्रतियोगितामा नेपाल र भुटानसहित, श्रीलंका मालदिभ्स, पाकिस्तानले पनि सहभागिता जनाउने भएको छ। यता भारतलाई फिफाले प्रतिबन्ध लगाएका कारण ऊ सहभागी बन्न पाउने हो वा होइन भनेर अझै निश्चित भइसकेको छैन।

साफले भारतको प्रतिबन्ध फुकुवा हुनसक्ने भन्दै उसलाई हटाएर नयाँ खेल तालिका सार्वजनिक गरिसकेको छैन। यदि भारत सहभागी बन्न पाउने भए सहभागी टिमको संख्या सात हुनेछ। नभए छ टिमले खेल खेल्नेछन्।

kumari

प्रकाशित: Aug 25, 2022| 13:22 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।