शनिबार, साउन २३, २०८३

पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन ९ भदौलाई पार्टी पुनर्गठन दिवसका रूपमा मनाउन लागेको हो।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– एमालेबाट चोइटिएर निर्माण भएको नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउँदै छ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन ९ भदौलाई पार्टी पुनर्गठन दिवसका रूपमा मनाउन लागेको हो।

नेकपा एसले गत वर्ष एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा २ भदौमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकामा ९ भदौमा दर्ता प्रमाणपत्र पाएको थियो। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको बताएका हुन्।

उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए। पार्टी पुनर्गठन दिवस अवसरमा अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

प्रकाशित: Aug 25, 2022| 13:01 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...