शनिबार, साउन २३, २०८३

साताव्यापी भ्रमणमा दिल्ली उडे निधि

भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका निधि १५ भदौमा स्वदेश फर्किनेछन्
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– कांग्रेस नेता विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली उडेका छन्। बिहीबार बिहान कांग्रेस पूर्वउपसभापति निधि एक साताका लागि भारत भारत भ्रमणमा निस्किएको उनको सचिवालयले जनाएको छ। भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका निधि १५ भदौमा स्वदेश फर्किनेछन्।

गत २२ साउनमा नेपाल फर्किएका थिए। साउनको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए।

यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बताइन्छ। निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गर्दै आएका छन्। 

प्रकाशित: Aug 25, 2022| 11:31 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...