शनिबार, साउन २३, २०८३

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँट टुंग्याउन बिहीबार पनि कार्यदलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यदलका एक सदस्य बताए।

कार्यदल संयोजक कृष्णप्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित हुनेछन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।

सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउनभित्रै सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि निर्धारित समयसीमाभित्र काम सम्पन्न भएको छैन। त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म सिट बाँडफाँटको टुंगो लागेको छैन।

प्रकाशित: Aug 25, 2022| 10:56 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...