शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सर्वाधिक पुरस्कार राशिको खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि

सर्वाधिक पुरस्कार राशिको खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि

प्रतियोगितामा दुई सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं- छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि हुने भएको छ।

National life

प्रतियोगितामा दुई सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख ५१ हजार, १ लाख ११ हजार र ५१-५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। एक सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख, सेन्चुरी ब्रेक गर्नेलाई १ लाख १ हजार र ८० अंकसम्म ब्रेक गर्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

आयोजले यो पुरस्कार राशि नेपालकै सबैभन्दा ठूलो भएको दाबीसमेत गरेको छ। उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ११ हजार नगद पुरस्कार दिइने छ। प्रि-क्वाटरफाइनल यात्रा तय गर्ने खेलाडीलाई क्यु र क्यु बक्स प्रदान गरिने छ।

नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने जानकारी गराए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 25, 2022| 10:15 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।