बिहीबार, फागुन २९, २०८१

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।

health

मिटरब्याजीको गिरोहले सम्पत्ति हडपेर सर्वसाधारणको उठीबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ। मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ८९ वटा उजुरी परेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। 

गृह मन्त्रालयले गत शनिबार सूचना प्रकाशित गरी उजुरी दिन आह्वान गर्नुका साथै मिटर ब्याज अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको थियो।

कार्यदलका संयोजक भीष्मकुमार भुषासले जारी गरेको सूचनामा भनिएको छ, 'देशैभरी मिटर ब्याजको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट त्यसा मिटर ब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।'

प्रकाशित: Aug 24, 2022| 21:55 बुधबार, भदौ ८, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।