शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कप्तान किरण भन्छन्- मुख्य प्रशिक्षक अलमुताइरीले राष्ट्रिय फुटबल टिम बिगारे

कप्तान किरण भन्छन्- मुख्य प्रशिक्षक अलमुताइरीले राष्ट्रिय फुटबल टिम बिगारे

राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरेका हुन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टीमका कप्तानसमेत रहेका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन्। 

National life

बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरेका हुन्। 

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए। त्यसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु बञ्चित थिए। 

गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आपूmले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आपूm निष्कासित हुनुपरेको बताएका हुन्। बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो उनको छ। चेम्जोङले अलमुताइरीले आपूmलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए। 

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रिपूर्ण खेल खेल्न लागेको छ। सोही मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन्। लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोली भन्दा बाहिर रहँदा आराम भएको गोलकिपर चेम्जोङले बताए। टोलीमा फर्किएपछि चेम्जोङले कुनैपनि खेलाडीले फुटबल व्यक्तिका लागि भन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिबद्धता प्रदीप हुमागाईंको छ। उनकै प्रशिक्षणमा नेपाली टोली अभ्यासमा छ। 

एक साताको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ। प्रमुख प्रशिक्षक हुमागार्इंले छिट्टै टोलीलाई घटाउने भनेपनि एक साता बितिसक्दा टोलीको संख्या घटेको छैन। फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पहिलो साता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईको भनाइ छ। राईले फुटबल बनोट अनुसार शुरुवाती चरणमा गरिने अभ्यास बितेको एक सातामा गरेको बताए। राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए। 

पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईंले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन्। अभ्यासमा सहभागि भएका १० खेलाडी मध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए। फेरि पनि मैदान फर्किएर सँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुशी लागेको र नयाँ शुरुवातका साथ अगाडि बढेको बताए। 

प्रशिक्षक प्रदीप हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन्। फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजन हुन लागेको मैत्रिपूर्ण खेलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन्। केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईं नेपाललाई सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेका छन्। 

प्रकाशित: Aug 24, 2022| 19:10 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।