शुक्रबार, भदौ ५, २०८३

ओली पक्षका दुई बैठक बस्दै, ११ बजे स्थायी र ३ बजे केन्द्रीय कमिटी

सोमबारै दिउँसो ३ बजेका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसअघि स्थायी कमिटी बैठक बसेर आवश्यक एजेन्डा तय गर्ने कार्यसूची छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठक अगाडि स्थायी कमिटीको बैठक बोलाएको छ। बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्न लागेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

सोमबारै दिउँसो ३ बजेका लागि उक्त पक्षले केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। त्यसअघि स्थायी कमिटी बैठक बसेर आवश्यक एजेन्डा तय गर्ने कार्यसूची छ। 

केन्द्रीय कमिटीमा राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव पेस हुने बताइएको छ। एमाले ओली पक्षले एकता प्रक्रियालाई ध्यानमा राख्दै आइतबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको थियो। 

माधव नेपाल पक्षको माग बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारको बैठक स्थगित गरेका थिए। तर बैठक स्थगित भएपनि कुनै प्रक्रिया अघि बढेको छैन। 

नेपाल पक्षले एकता नटुंगिएसम्मका लागि पार्टीका बैठक र गतिविधि रोकिनुपर्ने बताउँदै आएको छ। तर ओली पक्ष भने १० बुँदे सहमति भइसकेको भन्दै अब त्यसैलाई टेकेर अघि बढ्नुपर्ने बताउँदै गतिविधि रोक्न अस्वीकार गरिरहेको छ।

आइतबारको केन्द्रीय कमिटी स्थगित गरेर आइतबार दिनभर जसो दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेपनि कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताए।

प्रकाशित: Aug 09, 2021| 09:17 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...