मंगलबार, जेठ २६, २०८३

महाभियोग सिफारिस समितिले चोलेन्द्रलाई शोधपुछका लागि बोलायो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई यही भदौ १५ गते शोधपुछका लागि बोलाएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई यही भदौ १५ गते शोधपुछका लागि बोलाएको छ।

National life

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि शोधपुछ गर्न भदौ १५ गते बिहान ११ बजेको बैठकमा बोलाउने निर्णय गरेको हो। गत फागुन १ गते राणामाथि प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि अहिले छानबिन समितिमा छलफल भइरहेको छ।

गत फागुन २२ गते प्रतिनिधिसभाले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो।

विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन्। 

प्रकाशित: Aug 24, 2022| 16:37 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...