शनिबार, साउन २३, २०८३

ओलीलाई भेट्न चार देशका राजदूत च्यासलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।

अमेरिकासहित स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतले ओलीलाई बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटेका हुन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद भइरहेका बेला चार देशका राजदूतले प्रमुख प्रतिपक्षी नेतालाई भेटेका हुन्। 

भेटमा एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु रिमाल र इजरायलका लागि पूर्व राजदूत अञ्जान शाक्य पनि सहभागी थिए। 

अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा आममाफी दिन नहुने पक्षमा देखिएका छन्। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि अमेरिका, बेलायत, अस्ट्रेलिया, स्वीट्जरल्याण्ड तथा युरोपली युनियनका राजदूतहरुले भेट गरेका थिए। 


प्रकाशित: Aug 24, 2022| 15:19 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...