मंगलबार, जेठ २६, २०८३

नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड भएको बताएका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड भएको बताएका छन्। भरतपुर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले नागरिकता विधेयकको विषयमा प्रस्टीकरण दिएका हुन्। 

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत ल्याएको विधेयकलाई नै वर्तमान सरकारले संसदमा लगेको दाबी गरे।  ‘यो त्यही विधेयक हो जुन केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत लगिएको थियो। त्यही विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु जति बेइमानी र अनैतिकता अरु केही हुनै सक्दैन।’

बुधबार दुई मन्त्रीलाई लिएर प्रचण्ड चितवन आएका हुन्। आफ्नो निर्वाचन क्षेत्र माडीमा पुल उद्घाटनलगायत विभिन्न कार्यक्रम सहभागी हुन प्रचण्ड वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई लिएर गृहजिल्ला आएका हुन्।

प्रकाशित: Aug 24, 2022| 10:51 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...