शनिबार, साउन २३, २०८३

महाभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ। 

२९ भदौभित्र  जबराविरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक अपरान्ह २ बजे बस्नेछ।

मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेस गर्नुपर्ने छ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका तयार पारेको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधबारको बैठकमा थप छलफल हुनेछ ।

१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो।

प्रकाशित: Aug 24, 2022| 07:00 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...