शनिबार, साउन २३, २०८३

नेपाल भ्रमणमा आउँदै भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाल भ्रमण गर्ने भएका छन्। ३० अप्रिल (वैशाख १७) गते भारतको २९ औं सेना प्रमुखमा नियुक्त भएपछि पहिलो पटक उनले नेपाल भ्रमण गर्न लागेका हुन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाल भ्रमण गर्ने भएका छन्। ३० अप्रिल (वैशाख १७) गते भारतको २९ औं सेना प्रमुखमा नियुक्त भएपछि पहिलो पटक उनले नेपाल भ्रमण गर्न लागेका हुन्। 

भारतीय सेना प्रमुख पाण्डे पाँच दिने भ्रमणमा लागि भदौ १९ गते काठमाडौं ओर्लिने भएका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी सेप्टेम्बर ४ देखि ८ अर्थात भदौ १९ देखि २३ सम्म नेपाल भ्रमण गर्ने भएका हुन्। 

भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्। नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछन्। 

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ। नेपालका प्रधानसेनापति गतवर्ष कात्तिकमा तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए। उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो।

गत महिना नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग गरेको भेटवार्तामा पाण्डेको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भेटमा पाण्डेले नेपाल भ्रमणमा जान प्रतीक्षारत रहेको बताएका थिए। 

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ। प्रधानसेनापति शर्मा र भारतीय समकक्षी पाण्डेबीच गत वैशाखमा भिडिओ कन्फ्रेन्समार्फत कुराकानी भएको थियो। त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

 

प्रकाशित: Aug 23, 2022| 21:23 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...