शनिबार, साउन २३, २०८३

एमाले नेताले कुटे आफ्नै पार्टीबाट निर्वाचत वडाध्यक्ष

कुटपिट गर्ने दोङविरुद्ध सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार नै उजुरी दिएका छन्। कुटपिट गर्ने दोङ फरार रहेको प्रहरीले बताएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

हेटौँडा- हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा एमालेबाट निर्वाचित वडाध्यक्ष नवीन सिग्देलमाथि एमालेकै नेताले कार्यकक्षमै पुगेर कुटपिट गरेका छन्। नेकपा एमाले मकवानपुरका जिल्ला सचिवसमेत रहेका सिग्देलमाथि एमालेकै नेता सानु लामा दोङले मंगलबार कुटपिट गरेका हुन्।  

कुटपिट गर्ने दोङविरुद्ध सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार नै उजुरी दिएका छन्। कुटपिट गर्ने दोङ फरार रहेको प्रहरीले बताएको छ। 

सिग्देल ०७४ मा पनि सोही वडामा निर्वाचित भएका थिए। दोङ भने एमाले निकट युवासंघ नेता र जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष समेत हुन्।

प्रकाशित: Aug 23, 2022| 21:15 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...