मंगलबार, जेठ २६, २०८३

हामी एकजुट भए जहाँ पनि जित्न सक्छौं : केपी शर्मा ओली

'हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं। एकजुट भए न जित्न सक्ने हो। जति एकजुट छौं, त्यत्ति बलियो छौँ। जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं। त्यसकारण एकजुट हुनुपर्छ,' उनले भने, 'एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन।'
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एकजुट भए तराईमधेशसहित देशका सबै  क्षेत्रमा एमाले विजयी हुने दाबी गरेका छन्। नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।

National life

'हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं। एकजुट भए न जित्न सक्ने हो। जति एकजुट छौं, त्यत्ति बलियो छौँ। जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं। त्यसकारण एकजुट हुनुपर्छ,' उनले भने, 'एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन।'

आगामी निर्वाचनमा टिकट पाईन भनेर असन्तुष्ट नहुन पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन दिए। सिंगो पार्टी एकतावद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकीर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका थिए। 

पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाइ छ। 

बाँकी ओलीकै शब्दमा 
अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन। यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन। हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन। हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन। कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन।

Shivam cement

एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ। प्रदेश क्षेत्र पनि १/१ जना उम्मेदवार हुन्छ। त्यत्तिनै हो उम्मेदवार हुने। जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस्। जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस्। उम्मेदवार पाईन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकि अरु त असन्तुष्ट हुने भए। 

उम्मेदवार नपाएर असन्तुष्ट हुने काम भएले त्यसले हामीलाई ठूलो घाटा पुर्‍याउँछ। हामीले जित्यौँ भने, सरकार बनायौं भने थुप्रै ठाउँ निस्कन्छन्। हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं। एकजुट भए न जित्न सक्ने हो। जति एकजुट छौं, त्यत्ति बलियो छौँ। जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं। त्यसकारण एकजुट हुनुपर्छ। एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन। 

हाम्रो भित्र पनि समस्या छ। अब निर्वाचन आउँदैछ। यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन्। हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने। यो दुईटा कुरामा ध्यान दिनुस्। महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस्। 

आजको प्रवेश हेर्दा पुरुषमा अघि बढी काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ। महिलाहरुमा काम लिएर जानुहोस्। राजनीति महिलाहरुमा लिएर जानुहोस्। अनि बल्ल समाज जाग्छ। त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस्। 

आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ। ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस्। र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ। युवा संघले त्यो गर्नु पर्दछ। किसान संघले त्यो गर्नु पर्दछ। र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ। माथिमाथि हामीले कुरा गर्‍यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं  भने, केही पनि फुत्किदैन काम गर्‍यौं भने। मजाले काम गर्नुपर्छ। 

हामीले दम्भ देखायौं भने, घमण्ड गर्‍यौं भने त्यसले राम्रो गर्दैन। त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ। जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुको पदको नेता होइन, लिड गरेर कामका नेता। म अहिले पनि १८ घण्टा काम गर्छु। १८ घण्टा काम गर्छु म। अनि, प्रायः साथीहरु त म भन्दा कमै उमेरका हुनुहुन्छ। १८ घण्टा म काम गर्छु भने १८ घण्टा नगर्नुस् तर कमसेकम १४ घण्टा त गर्नुस्। १२ घण्टा गर्नुस्। १० घण्टा गर्नुस् त्यो सक्नु हुन्न भने कमसेकम ८ घण्टा गर्नुस्। ८ घण्टा मात्रै एक जना मानिसले काम गर्‍यो भने धेरै काम हुन सक्छ। त्यसकारण सक्रिय बनौं। संयमित बनौं, शालिन बनौं। विनम्र बनौं। र, जनताका बीचमा जाऔं। म नेताजीहरुलाई पनि आग्रह गर्न चाहन्छु। म फेरि एक पल्ट।

नागरिकता सम्बन्धी २०५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं। मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए। एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन्। 

नागरिकता विधेयक देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ। नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ। नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ। नागरिकताको समस्या त्यही त हो नि। 

वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ। त्यो त जग्गेमै त दिने होइन त। अलिकति समय हेर्नुपर्‍यो। त्यो विवाह साँच्चै हो कि होइन। टिक्छ कि टिक्दैन। नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ। अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि। यस्ता कुराहरु अलिकति हेर्नुपर्छ। कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ। र, नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरु कोही छैन। अरुले त राजनीति मात्रै गर्ने हो। अरुले मधेशमा राजनीति मात्रै गर्छ। मधेशको विकास, मधेशी जनताको विकास, मधेशी जनताको शिक्षा, मधेशी जनताको स्वास्थ्य यी सबै कुरामा। हामीले विद्यालय भर्ना अभियान संचालन गर्‍यौं। अभिभावकत्वको कुरा गर्‍यौँ।

प्रकाशित: Aug 23, 2022| 21:03 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...