काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकतामा चुनावी खेती गर्न लागिएको आरोप लगाएका छन्। सोमबार फेसबुक स्टाटस लेख्दै काफ्लले नागरिकता विधेयकमा हुँदै नभएका प्रावधानका विषय उठाएर भ्रम छर्ने कोसिस भइरहेको उनको आरोप छ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकका विषयमा भ्रम छर्ने कोसिस गरेको उनको आरोप छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मालगायत नेताहरूले नागरिकता विधेयकका विषमया कटुटिप्पणी गर्दै आएका छन्।
'नागरिकता विधेयकमा नभएको प्रावधान देखाएर भ्रम छर्ने काम भइरहेको छ। बहसलाई अन्तै विकेन्द्रीत गरि मेची-महाकालीका कैयौं नागरिकता विहीन नेपालीलाई अझै पनि नागरिकता नदिई उनीहरुमाथि चुनावी खेती स्वरुप राजनीति गर्न खोजिँदैछ,' कुन्दनको फेसबुक स्टाटसमा उल्लेख छ।
संसदले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुन: संसदमा नै फिर्ता पठाएपछि संसदले पुन: जस्ताको तस्तै पारित गरेको छ।
नागरिकता विधेयकका विषयमा भरहेका भ्रम चिर्न आवश्यक रहेको उनले विधेयकका सम्बन्धन फैलाइएका भ्रम र यथार्थ बुझ्नुपर्ने उल्लेख गरेका छन्। उनले 'नागरिकता विधेयकसम्बन्धी भ्रम र यथार्थ' शीर्षकमा दुईपन्ने अपिल समेत जारी गरेका छन्।
उनको अपिल जस्ताको तस्तै