शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • छलफलमै सीमित गठबन्धन बैठक, कार्यदल सदस्य पुरी भन्छन्- दुई दिनभित्र सिट बाँडफाँट टुंगो लाग्छ

छलफलमै सीमित गठबन्धन बैठक, कार्यदल सदस्य पुरी भन्छन्- दुई दिनभित्र सिट बाँडफाँट टुंगो लाग्छ

२०७४ सालको प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक मत र २०७९ को स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार बनाएर मापदण्ड बनाउने सहमति यसअघि नै कार्यदलले जुटाएको थियो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँट तय गर्न बसेको नेताहरुको बैठक मंगलबार पनि निष्कर्षविहीन भएको छ। सिट बाँडफाँडको मापदण्डमै सहमति नभएपछि बुधवार पुनः छलफल गर्ने भन्दै बैठक टुग्याइएको हो।

National life

बैठक निष्कर्षविहीन हुँदै आएपनि कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले भने दुई दिनभित्र बाँडफाँट टुंगो लगाइने दाबी गरे।  ‘बुधवार साँझ ५ बजे बस्ने बैठकले एउटा निष्कर्ष निकाल्छ र बिहीबारसम्म सबै विषय टुंगो लाग्छन्,’ उनको भनाइ छ।  

२०७४ सालको प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक मत र २०७९ को स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार बनाएर मापदण्ड बनाउने सहमति यसअघि नै कार्यदलले जुटाएको थियो।

'मापदण्ड मात्र भनेर हुँदैन चुनाव जित्नेगरी गठबन्धन गर्ने हो। २०७४ सालको प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मत र २०७९ को स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार बनाएपछि एउटा तथ्यांक निस्कन्छ,' उनले थपे, 'अनि राजनीति निर्णय गरेर अगाडि बढ्ने बारेमा शीर्ष तहका छलफल भएको छ।’ 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कार्यदलका संयोजक कृष्ण सिटौला उपस्थित हुन नसकेका कारण बैठक बुधवारका लागि सारिएको पुरीको भनाइ छ। ‘उहाँ आज अस्वस्थ हुनुभएकोले आउनु भएन,’ उनले बताए। 

Shivam cement

प्रतिनिधिसभाको सिट बाँडफाँटकै काम भइरहेकाले प्रदेशसभाको अहिले छलफल भएको छैन। नेताहरुले पहिला प्रतिनिधिसभाको टुंग्याएर मात्रै प्रदेशसभाको गृहकार्यमा लाग्ने र एकैपटक सर्वजनिक गर्ने तयारी कार्यदलको छ। ‘प्रतिनिधिसभाको सिट विभाजन गरेपछि हामीलाई सजिलो हुन्छ। टुंग्याउने बेलामा सँगै टुंग्याउँछौँ। हामी ९ गते भित्र सबै टुंगो लाग्छ,' पुरीको भनाइ छ। 

प्रकाशित: Aug 23, 2022| 18:43 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...