शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय बास्केटबल टिमलाई लिनिङको साथ

खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ। कार्यक्रममा खेल पोशाक र सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. (सिटिएल) र नेपाल बास्केटबल संघबीच सम्झौता भएको हो।

National life

सिटिएलका अध्यक्ष राजन महर्जन र संघका अध्यक्ष भीम गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार नेपाली बास्केट बलको कुनै टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा  महिला र पुरुष दुवै तर्फका सिनियर र जुनियर खेलाडीले लिनिङको पोशाक प्रयोग गर्नुपर्नेछ।

नेपाली महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले पहिलो पटक अधिकारिक जर्सी लगाएर खेल्न पाउँदा खुशी लागेको बताइन्। सम्झौता अहिले एक वर्षका लागि रहने र आउने वर्षहरुमा पनि यसले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको सिटिएलका अध्यक्ष महर्जनले बताए। लिनिङले प्रायोजनबापत उपलब्ध गराउने सामग्री बाहेक संघ वा खेलाडीले लिनिङका खेल पोशाक र सामग्री खरिद गर्दा ३० प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ।

संघका अध्यक्ष गुरुङले बास्केट बल टोलीलाई सहयोग गरेकोमा लिनिङलाई धन्यवाद दिए। यस्तै लिनिङले प्रचार प्रसारका लागि बास्केट बलका खेलाडी प्रायोग गर्नसक्ने र संघले लिनिङको प्रचारमा सहयोग गर्नुपर्नेछ।

प्रकाशित: Aug 23, 2022| 17:58 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।