शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'जनताको साथमा कांग्रेस' अभियानका लागि ७७ वटै जिल्लामा खटाइयो प्रतिनिधि [सूचीसहित]

'जनताको साथमा कांग्रेस' अभियानका लागि ७७ वटै जिल्लामा खटाइयो प्रतिनिधि [सूचीसहित]

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर  ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा भदौ १० गतेदेखि सुरू गर्न लागेको अभियानका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो। 

अभियानअन्तर्गत पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचारप्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ।

कुन जिल्लामा को खटिए ?

ताप्लेजुङ : आङ्गेलु शेर्पा

पाँचथर : प्रदीपकुमार सुनुवार

इलाम : महेन्द्रकुमारी लिम्बु

झापा : डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम : लक्ष्मी परियार

भोजपुर : भीम पराजुली

धनकुटा : राजीव ढुंगाना

मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी : अमृत अर्याल

सोलुखुम्बु : कल्पना चौधरी

खोटाङ : तारामान गुरुङ

ओखलढुंगा : लक्ष्मी खतिवडा

उदयपुर : बलबहादुर केसी

सप्तरी : आनन्दप्रसाद ढुंगाना

सिरहा : महेन्द्रकुमार राय

धनुषा : नगिना यादव

महोत्तरी : मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : अजयकुमार चौरासिया

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

दोलखा : शान्ति परियार

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा : ध्रुव वाग्ले

लम्जुङ : शंकर भण्डारी

तनहुँ : सुरेन्द्रराज पाण्डे

कास्की : प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश कोइराला

बाग्लुङ : अब्दुल सतार

नवपुर : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पूर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कञ्चनपुर : रामजनम चौधरी

कैलाली : एनपी साउद

प्रकाशित: Aug 23, 2022| 17:33 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...