शुक्रबार, असार ५, २०८३

एमालेको चुनावी अभियान : बहुमतको सरकार

आउँदो चुनावमा एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित चुनावी अभियान सञ्चालन गरिने।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– प्रतिपक्षी नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय चुनावमा आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने लक्ष्यसहित अभियान चलाउने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन्।

National life

उनले एमालेको एकल बहुमतको सरकार बनाउने घोषणासहित पार्टीले चुनावी अभियान सञ्चालन गर्ने जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले एमालेको चुनावी अभियानको रणनीतिलगायतका विषय समेटेर अध्यक्ष केपी ओलीले १०–११ भदौको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको बताए।

‘अहिले एमाले कुन ठाउँमा छ। सत्तारुढ गठबधन के गर्दैछ, अरू दल के गर्दैछन्, हामी कसरी जान सक्छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य आगामी सरकार नेकपा एमालेको, त्यो पनि बहुमतकै हुने भन्ने रहेको छ।’ बैठकमा अध्यक्ष ओलीले सहभागीसँग १० भदौको केन्द्रीय कमिटी बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे सुझाव लिएका थिए।

बैठकमा नेताहरू घनश्याम भुसाल, कर्णबहादुर थापा, प्रभु साह, गोरख बोगटी, शेरधन राई, रघुजी पन्त, गुरु बराल, शेरबहादुर तामाङ, मणि थापा, खगराज अधिकारी, सुवासचन्द्र नेम्वाङ र हिक्मत कार्कीले राजनीतिक प्रतिवेदनमा समेट्नुपर्ने विषयबारे सुझाएका थिए। बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जले प्रदेशमा पार्टीको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित: Aug 23, 2022| 17:19 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...