शनिबार, मंसिर ६, २०८२

माउण्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ।

National life

नेपाल तेक्वान्दो संघले मंगलवार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। असोज ६ गतेदेखि ९ गतेसम्म जी–२ लाई विश्व तेक्वान्दो महासंघले मान्यता प्रदान गरेको आयोजकले जनाएको छ। जी २ प्रतियोगिता अन्तर्गत जुनियर विधामा असोज सात गते र सिनियर विधामा आठ गते र नौ गते हुनेछ।

प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिलामा आठ तौल समूहमा प्रतिष्पर्धा हुनेछ। पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा हुनेछ। यस्तै सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिष्पर्धा हुनेछ

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा हुनेछ। जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो।

प्रतियोगितामा दक्षिण एशियाका सात देशसँगै अमेरिका, मलेसिया, इण्डोनेसिया, हङकङ लगायताका देशबाट खेलाडीले सहभागिता रहने आयोजकले अनुमान रहेको छ। प्रतियोगितामा एक हजारभन्दा धेरै खेलाडीहरुको सहभागिता रहने र यसमा करिव दुई करोड ५० लाख खर्च हुने छ। यस्तै, नेपाल तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा हुने प्रथम माउण्ट एभरेष्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ। दुवै प्रतियोगिता पोखरास्थित बहुउद्देस्यीय कभर्डहलमा हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 23, 2022| 17:16 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।