शुक्रबार, असार ५, २०८३

आउँदो चुनावको मूल मुद्दा प्रदेश संरचना खारेजी : कमल थापा

प्रदेश संरचना खारेजीको मुद्दामा सहमत हुने ठूला राजनीतिक दलसँग गठबन्धन गर्ने थापाको उद्घोष।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९
National life
Shivam cement

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा संघीय चुनावमा प्रदेश संरचना खारेजी एजेन्डा मूल मुद्दा हुने बताएका छन्। प्रदेश संरचना खारेजीको मुद्दामा सहमत हुने ठूला राजनीतिक दलसँग गठबन्धन बन्न सक्ने उनले बताए।

मंगलबार सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै थापाले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र प्रदेश खारेजी मुख्य एजेन्डा लिएर चुनावमा जाने सुनाए। प्रदेश संरचनाका कारण देशले आर्थिक भार धान्नै नसक्ने अवस्थामा पुगेको उनको दाबी छ।  

चुनावमा गठबन्धन गर्न अन्य राजनीतिक दलसँग छलफल चलिरहे पनि एमालेसँग सकारात्मक संवाद भइरहेको सुनाए। पार्टीले देशभरबाट ५ देखि १० सिट माग्ने हुँदा त्यहीअनुसार चुनाव जित्ने रणनीतिमा लागेको उनको भनाइ छ।

प्रकाशित: Aug 23, 2022| 15:54 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...