शुक्रबार, असार ५, २०८३

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत

प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोईराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत भएको छ। प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोईराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्। 

National life

विधेयक प्रस्तुत गर्दै उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको पदाधिकारीको पदावधि समाप्त हुन लागेकाले शान्ति प्रक्रियाका काम टुंग्याउन विधेयक ल्याइएको बताए। संक्रमणकालीन न्यायलाई तार्किक निस्कर्षमा पुर्‍याउन विधेयक आवश्यक रहेको उल्लेख गरे।

मन्त्री शर्माले नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेशलगायतको आधारमा विधेयक तयार पारिएको बताए। त्यस्तै, अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानविय कानुनको विश्वव्यापी मान्यता, संक्रमणकालीन न्यायका सिद्धान्त, पीडित र सरोकारवाला व्यक्तिहरुबाट प्राप्त भएका सुझावहरुलाई पनि समेटिएको उनको भनाइ छ। 

‘सातै प्रदेशको र राष्ट्रिय स्तरको परामर्श कार्यक्रमबाट सुझावहरु तथा विभिन्न समयमा द्वन्द्व पीडित तथा नागरिक समाजका प्रतिनिधि र अधिकारकर्मीहरुले नेपाल सरकारलाई दिनुभएको ज्ञापनपत्र, मागपत्र, ध्यानाकर्षण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा व्यक्त गरेका चासो समेतलाई दृष्टिगत गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक तयार गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छु,' मन्त्री शर्माले भने, 'बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि र दुवै आयोगको अध्यक्ष र सदस्यको पदावधि समाप्त हुन गइरहेको र दुवै आयोगबाट सम्पादन हुनुपर्ने शान्ति प्रक्रियाका काम बाँकी रहन गएको सन्दर्भमा संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालको अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशनात्मक आदेश, अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानविय कानूनको विश्वव्यापी मान्यता, संक्रमणकालिन न्यायका सिद्धान्त, पीडित र सरोकारवाला व्यक्तिहरुबाट प्राप्त भएका सुझावको आधारमा तयार पारिएको प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक यस सभा समक्ष प्रस्तुत गर्दछु।’

प्रतिनिधि सभाको आगामी बैठक भदौ १३ गते सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। 

Shivam cement

प्रकाशित: Aug 23, 2022| 15:23 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...