शनिबार, साउन २३, २०८३

एमालेले सभामुख मनाएपछि प्रतिनिधिसभा बैठक एक साता स्थगित

एमालेले ७–१२ भदौसम्म पार्टीका विभिन्न कमिटीका बैठक बस्ने कार्यतालिका रहेको जनाएर प्रतिनिधिसभा बैठक नराख्न सभामुख सापकोटासमक्ष आग्रह गरेको थियो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक एक साता स्थगित भएको छ। एमालेले ७–१२ भदौसम्म पार्टीका विभिन्न कमिटीका बैठक बस्ने कार्यतालिका रहेको जनाएर प्रतिनिधिसभा बैठक नराख्न सभामुख अग्निप्रसाद सापकोटासमक्ष आग्रह गरेको थियो।

एमालेको आग्रहअनुसार प्रतिनिधिसभा बैठक १३ भदौसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

एमालेको अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। ९ भदौमा पोलिटब्युरो, १० र ११ भदौमा केन्द्रीय कमिटी तथा १२ भदौमा निर्वाचन परिचालन कमिटी बैठक बोलाएको छ।

प्रकाशित: Aug 23, 2022| 13:28 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...