शनिबार, मंसिर ६, २०८२

साकार हुँदै रशिलाको युरोपमा दौडने सपना

आगामी ३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म युरोपमा हुने युटीएमआर रेसमा पहिलोपल्ट सहभागी हुँदै नेपालका धाविकाद्वय रशिला र अनिता।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– नेपाली धाविका रशिला तामाङ र अनिता राई आगामी ३१ अगस्तदेखि ३ सेप्टेम्बरसम्म युरोपमा हुने युटीएमआर रेसमा सहभागी बन्ने भएका छन्। स्वीट्जरल्यान्डमा हुने दौडमा दुई नेपाली खेलाडी सहभागी बन्न लागेका हुन्।

National life

त्यसका लागि उनीहरू स्वीट्जरल्यान्ड पुगिसकेका छन्। उनीहरू २२ अगस्तमा स्वीट्जरल्यान्ड पुगेको आयोजक अल्ट्रा टुर मोन्टे रोसाले जनाएको छ।

नेपालबाट सहभागी रशिलाको युरोपमा यो नै पहिलो दौड हो। यसअघि धाविका मीरा राईले फ्रान्स(मोन्ट ब्लांक २०१७)मा भएको अल्ट्रा रेसमा स्वर्ण जितेकी थिइन्। त्यसपछि नेपाली महिला खेलाडी अल्ट्रा रेसमा अगाडि देखिइरहेका छन्। मीराले त्यसबाहेक धेरै पदक जितेकी छन्।

त्यस्तै, यसअघि हङकङमा भएको जियाओजी माउन्टेन क्रसमा रशिलाले स्वर्ण जितेकी थिइन्। 


Laxmi sunrise bank
kumari

रशिलाले नेपाल समयसँगको कुराकानीमा युरोपमा प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताइन्। उनी भन्छिन्, ‘युरोपमा यो मेरो पहिलो दौड प्रतियोगिता हो। यो दूरीको एकल दौडका लागि मैले धेरै तयारी गरेकी छु। तर यो दौड हो, जे पनि हुन सक्छ।’

उनलाई युटीएमबीका डाइरेक्टर लिजी वाकरले सीधै बोलाएर प्रतियोगितामा सहभागी गराएकी हुन्।

प्रतियोगितामा सहभागी बन्न उनीहरू २२ अगस्तमै मिसाबह पुगिसकेका छन। त्यहाँबाट उनले भनिन्, ‘यहाँ दौडन र त्यो अनुभव लिने मेरो सपना थियो। अहिले पूरा भएजस्तो लागेको छ। अझै केही दिन बाँकी छ। यहाँ मलाई धेरै कुरा सिक्न मिल्नेछ भन्ने लागेको छ। विदेशमा दौडको अनुभव पनि लिएर फर्किनेछु।’

आयोजक युटीएमआरले भने रशिलासँगै नेपाली खेलाडीलाई स्वागत गर्र्न पाउँदा खुसी लागेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ। रशिलाका लागि सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएका छन्।


प्रकाशित: Aug 23, 2022| 13:08 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।