शनिबार, साउन २३, २०८३

नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे सम्मेलनले दिशा निर्देश गर्ने आयोजकको विश्वास।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठान नेपालले आउँदो १०–१२ भदौसम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्रतिष्ठानका निर्देशक डा. दीपककुमार अधिकारीले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएका हुन्। 

सम्मेलन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञ सहभागी हुनेछन्। भारतबाट ३८ जना विज्ञ आउनेछन्  भने ७० जना विज्ञ सहभागी हुने प्रतिष्ठानले बताएको छ।  

निर्देशक अधिकारीले भने, ‘नेपालले भविष्यमा कस्ता नीतिको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा सम्मेलनले गहन विषयवस्तु उजागर गर्नेछ।’

नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशा निर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनयकुमार मिश्रले बताए। सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ।

प्रकाशित: Aug 23, 2022| 11:25 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...