शुक्रबार, असोज ९, २०८३

निक्षेप बिमाको सीमा ५ लाख पुग्यो

 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं– प्राकृतिक व्यक्तिको निक्षेप सुरक्षणको सीमा ५ लाख कायम गरिएको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी १ साउन २०७९ देखि निक्षेप बिमाको सीमा ५ लाख पुर्‍याइएको हो।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमासम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसके उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने प्रक्रिया निक्षेप सुरक्षण हो।

यसअघि ३ लाख रुपैयाँको निक्षेपको सुरक्षण हुने गरेको थियो। अब व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको रकम सुरक्षण हुनेछ। १५ जेठ २०७९ मा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा निक्षेप सुरक्षण सीमा बढाइने घोषणा गरेका थिए।

प्रकाशित: Aug 23, 2022| 11:12 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्