शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी र समाजवादीसँग कुनै हालतमा एकता हुँदैन : एमाले नेता भट्टराई

माओवादी र समाजवादीसँग कुनै हालतमा एकता हुँदैन : एमाले नेता भट्टराई

एमालेले प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री बनाउन सहयोग गर्ने वाचा गरी एकताका लागि प्रस्ताव गरेको विषय सोह्रैआना गलत रहेको भट्टराईको दाबी।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग कुनै पनि सर्तमा एमालेले एकता नगर्ने दाबी गरेका छन्।

एमालेले माओवादीसँग कार्यगत एकताका लागि प्रस्ताव गरेको चर्चा दुवै पार्टीभित्र छ। एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री बनाउन सहयोग गर्ने वाचा गरी एकताका लागि प्रस्ताव गरेको चर्चा राजनीतिक वृत्तमा छ।

तर उक्त चर्चा अफवाह मात्रै भएको दाबी प्रमुख सचेतक भट्टराईको छ। उक्त चर्चाबारे  स्पष्टीकरण दिँदै भट्टराईले माओवादी र नेकपा समाजवादीसँग चुनावी तालमेलका लागि एमालेले प्रस्ताव नगरेको र आगामी दिनमा पनि गर्ने सम्भावना नरहेको बताएका हुन्।

‘कांग्रेसको पुच्छर बनेर जाने र उसको टेकोबाटै समाजवाद ल्याउने, उसलाई नै सर्वस्व ठान्नेहरूलाई हाम्रो कुनै प्रस्ताव जाँदैन,’ उनले नेपाल समयसँग भने, ‘दिल्लीका प्रतिनिधि राखेर पावर सेयरको वार्ता गर्नेसँग यो चुनावमा कुनै खाले कार्यगत एकता हुँदैन।’

तर माओवादी केन्द्रका एक नेताले कार्यगत एकताका लागि एमालेले प्रस्ताव गरेको र आपूmहरू सकारात्मक रहेको नेपाल समयलाई बताएका थिए। यसको खण्डन गर्दै भट्टराईले भने, ‘त्यो उहाँहरूकै इच्छा होला। हामीले कुनै प्रस्ताव गरेका छैनौं। यो चुनावका लागि प्रस्ताव जाँदैन।’

प्रकाशित: Aug 22, 2022| 17:37 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...