काठमाडौं- स्मार्टफोन ब्रान्ड रियलमीले ९ प्रो र सी ३० फोन सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले उत्कृष्ट विशेषता र ‘पावर प्याक्ड पर्फर्मेन्स’मा नेपाली उपभोक्ताले खोजेको मूल्यमा फोन उपलब्ध गराइएको बताए।
एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० छ। यसमा रहेको फाइभजी प्रोसेसर मध्यको सबैभन्दा शक्तिशाली प्रोसेसर स्नापड्रागन ६९५ का साथै १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले छ। ६४ एमपीको ट्रिपल क्यामरा, १६ एमपीको वाइड एङ्गल सेल्फी क्यामरा रहेको फोनमा साइड माउन्टेड फिङ्गर प्रिन्ट सेन्सर छ।
५ हजार एमएएचको ब्याट्री भएको यो रियलमी ९ प्रोमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमता सहित उपलब्ध यसको मूल्य ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ।
त्यस्तै रियलमी सी ३० हातमा समाउन पनि उत्तिकै सजिलो छ। यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ। शक्तिशाली ५ हजार एमएएच ब्याट्री छ। यो ब्याम्बू ग्रिन र लेक ब्लु रङमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ। २/३२ को मूल्य १४ हजार ४९९ रुपैयाँ छ भने ४/६४ को १९ हजार ९९९ रुपैयाा रहेको छ। रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भदौ ५ बाट उपलब्ध छ।