मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अमेरिकाद्वारा नेपालको खाद्य संकट टार्न करिब २ अर्ब सहयोग घोषणा

अमेरिकाद्वारा नेपालको खाद्य संकट टार्न करिब २ अर्ब सहयोग घोषणा

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न सहयोग पुग्ने दूतावासको विश्वास।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– अमेरिकाले नेपाललाई खाद्य संकटको सामना गर्न १ करोड ५० लाख डलर (करिब १ अर्ब ९२ करोड रुपैयाँ) दिने घोषणा गरेको छ। 

National life

‘खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन, गरिबी, भोकमरी र कुपोषणको वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ बढी देश र क्षेत्रीय संस्थामध्ये नेपाल एक हो,’ सोमबार अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै मात्र २ अर्ब ७६ करोड अमेरिकी डलर अनुदान घोषणा गरेको थियो। सोहीअनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई विश्वव्यापी खाद्य संकटबाट जोखिममा परेका जनतालाई जोगाउन १ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो। 

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न सहयोग गर्ने विश्वास दूतावासको छ।

प्रकाशित: Aug 22, 2022| 17:20 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्