मंगलबार, वैशाख १५, २०८३

वरीयता सुधारको अपेक्षासहित केन्या जाने नेपाली टिमको विदाइ

पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय खेलका लागि केन्या जाने नेपाली टिमको विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाली टिमको विदाइ गरेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं– पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय खेलका लागि केन्या जाने नेपाली टिमको विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाली टिमको विदाइ गरेको हो।

National life

यो सिरिजको लागि सम्पूर्ण खर्च केन्याले नै बेहोर्ने भएको छ। उसले खर्च बेहोर्ने भएपछि नेपाली टिम अभ्यास खेलका लागि त्यसतर्फ जान लागेको हो। पछिल्लो समय नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि नेपाली टिमले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन। अहिले नेपालले यो खेल खेल्न लागेको हो।

केन्या भ्रमणअघिको विदाइ कार्यक्रममा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले यो भ्रमण महत्वपूर्ण रहेको बताएका छन्। उनले भने, ‘कोच सरको लागि पनि नयाँ हो। केही नयाँ अनुहारका साथै टिममा फर्किएको अनुहार देख्न पाएका छौं। त्यो हिसाबले यो भ्रमण महत्त्वपूर्ण रहेको छ।’

त्यस्तै, नेपाली टिमका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले नेपाली टिमसँगको २–३ दिनको अभ्यास राम्रो भएको बताएका छन्। उनले भने, ‘नेपाली युवा खेलाडी सिक्नका लागि उत्साही छन्। नेपालले डाइनामिक योङ खेलाडी पाएको छ।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या भ्रमणले नेपालको वरीयता सुधार हुने अपेक्षा क्यानले राखेको बताए। उनले भने, ‘यो भ्रमण किन राखेको हो भन्ने सबैलाई थाहा छ। टी२० क्वालिफाइ हुन सकेन नेपाल। हामीले चार खेल पनि जितेनौं। हामीले राम्रो प्रदर्शन गर्दागर्दै पनि रिजल्ट हाम्रो पक्षमा हुन सकेन।’

kumari

वर्षाको समयमा पनि खेल अभ्यास गरिरहनका लागि यो भ्रमण तय गरिएको उनले बताए। आईसीसीको नीति पनि बलियो देशले कमजोर देशलाई सहयोग गरौं भन्ने भन्ने चन्दले बताए।

प्रकाशित: Aug 22, 2022| 16:45 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।