शनिबार, मंसिर ६, २०८२

लेवान्डोस्कीको दोहोरो गोलमा बार्सिलोनाको जित

सोसिडाडकै मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले ४–१ को जित निकालेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- आइतबार राति स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध जित निकालेको छ। सोसिडाडकै मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले ४–१ को जित निकालेको हो।

National life

बार्सिलोनलाई जित दिलाउन रोबर्ड लेवान्डोस्कीले दुई गोल गरेका छन्। उनले खेलको पहिलो मिनेटमै गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर छैटौं मिनेटमै रियल सोसिडाडले गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरी भएको थियो।

खेलको दोस्रो हाफमा भने बार्सिलोनाका लागि लेवान्डोस्कीसँगै ओउसमान डेम्बेले र अन्सु फतिले गोल गरे। दोस्रो हाफको तीन गोलसँगै बार्सिलोनाले ४–१ को जित निकालेको हो।

ला लिगामा नै गएराति भएको खेलमा एट्लेटिको मड्रिडले भिल्लारियलसँग २–० को हार बेहोरेको छ भने भ्यालेन्सिया पनि एथ्लेटिक क्लबसँग पराजित भएको छ।

गएरातिको जितपछि दुई खेलबाट चार अंक बनाएको बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ भने पराजित सोसिडाड तीन अंककासाथ १०औं स्थानमा छ। त्यस्तै, भ्यालेन्सियालाई हराएको एथ्लेटिक क्लब सातौं स्थानमा र भिल्लारियल शीर्षस्थानमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 22, 2022| 07:35 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।