शनिबार, मंसिर ६, २०८२

बराबरीमा रोकियो सिटी, चेल्सी पराजित

लिगको तेस्रो खेलमा सिटीले घरेलु टिम न्युकासलसँग ३–३ को बराबरी खेलेको हो।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी न्युकासलसँग बराबरीमा रोकिएको छ। लिगको तेस्रो खेलमा सिटीले घरेलु टिम न्युकासलसँग ३–३ को बराबरी खेलेको हो।

National life

खेलको पाँचौ मिनेटमा गोल गर्दै इल्काय गुन्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। तर, २८औं मिनेटमा न्युकासलले बराबरी गर्न सफल भयो। ३९औं मिनेटमा र ५४ औं मिनेटमा गोल गर्दै न्युकासलले सिटीलाई ३–१ ले पछि पारेको थियो। जसक्रममा न्युकासलका मिगल अलमिरोन, क्यालम विल्सन र किइरोन ट्रिपियरले गोल गरेका थिए।

तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै सिटीले खेललाई बराबरीमा रोक्यो। ६०औं मिनेटमा इर्लिङ हाल्यान्डले गोल गरे भने ६४औं मिनेटमा बर्नान्डो सिल्वाले गोल गरे।

यता लिड्स युनाइटेडको मैदानमा भएको खेलमा चाहिँ चेल्सीले घरेलु टिमसँग ३–० को हार बेहोरेको छ। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लिड्सले दोस्रो हाफमा एक गोल थप्दै जित निकालेको हो।

चेल्सीका डिफेन्डर काउबेलीले भने ८४औं मिनेटमा रातो कार्ड पाएका थिए। उनले कार्ड पाएसँगै चेल्सी थप दबाबमा आएको थियो। लिड्सका लागि बेनडेन आरोनसोन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

आइतबार रातिको खेलसँगै सिटी दोस्रो स्थानमा कायम छ भने समान सात अंक बनाएर लिड्स तेस्रो स्थानमा उक्लिएको छ। इता, चेल्सीलाई हराएको न्युकासल छैटौं स्थानमा रहँदा चेल्सी १२औं स्थानमा पुगेको छ।

प्रकाशित: Aug 22, 2022| 07:15 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।