बैतडी- भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका-६ का ४० वर्षीय धर्मेन्द्र दमाई रहेका छन्।
उनको भर्सिपुर भीरबाट लडेर आइतबार राति मृत्यु भएको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।
सदरमुकामस्थित गोठलापानी बजारबाट घर जाने क्रममा भर्सिपुर भीरबाट लडेर गम्भीर घाइते भएका दमाईको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा ज्यान गएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।