काठमाडौं- जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोरोना संक्रमण भएको छ।
कोरोना संक्रमण भएसँगै प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमले जनाएका छन्।
एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो। उनमा खोकी लाग्ने र ज्वरो आउने लक्षण देखिएको छ। आइतबार पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।