शनिबार, जेठ २, २०८३

आजको राशिफल [२०७९ भदौ ६]

आज २०७९ भदौ ६ गते तदनुसार २२ जुलाई २०२२ सोमबार भदौ कृष्ण एकादशी तिथि हो। आजको राशिफल:
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

आज २०७९ भदौ ६ गते तदनुसार २२ जुलाई २०२२ सोमबार भदौ कृष्ण एकादशी तिथि हो। आजको राशिफल:

National life

मेष- आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।

बृष- आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ। यात्राबाट लाभ नै हुनेछ, साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ।

मिथुन- आज स्वास्थ्यमा खर्च बढ्नसक्छ। यात्रामा मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

कर्कट- ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ।

सिंह- भाग्यले विभिन्न अवसर जुराउनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

कन्या- आज भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ।

तुला- आज स्वास्थ्य सम्बन्धी आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ।

बृश्चिक- रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।

धनु- आरम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ।

मकर- आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

कुम्भ- आज बन्न लागेको काम बिग्रिनेछ। परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ, तर नयाँ ज्ञान सिक्ने मौका भने मिल्नेछ।

मीन- आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित: Aug 22, 2022| 06:46 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।